लोकू सिंह ठकुरीको सृजनामा तीज गित“मरक्कै कम्मर भाचिन्छ” अब सांगितक बजारमा (भिडियोसहित)
काठमाडौँ । गायक राजेन्द्र बिष्ट र गायिका कल्पना बि सी को स्वरमा रहेको तीज गित मरक्कै कम्मर भाचिन्छ सांगितीक बजारमा आएको छ ।
लोकू सिंह ठकुरीको शब्द सृजना र राजेन्द्र बिष्टको लयमा तयार भएको सो गितमा भने स्वर राजेन्द्र बिष्ट र कल्पना बि सी को रहेको छ । यस गीतको बिषयमा सर्जक ठकुरीले भने,।।।। “गर्न त पहिला पनी तिज गीतहरु गरियो अलिकती आधुनीक शैलीका थिए, ती गितहरुलाई पनी सबैजनाले मन पराईदिनु भाकै हो ।
यस पालीको गीत एकदमै लोक लयमा छ र छमछमी नाच्न मिल्ने खाल्को छ र भिडियोमा पनी अहिलेका चर्चित नृत्य निर्देशक बिक्रम चौहानले अञ्जली अधिकारी र टीका जैशीलाई छमछमी नभाउनु भएको छ । सबैले भिडियो हेर्दिनु होला आफै थाहा पाउनु हुनेछ उनले भने।
चर्चित निर्देशक चौहानले पनी गीत तथा सम्पुर्ण टीमको तारीफ गर्न भ्याए उनले भने, यसपाली आजको दिन सम्म करिब ८०÷८५ को हाराहारीमा तीज गितको भिडियोहरु बनाइयो तर यो अल्ली फरक र छमछमी नाच्न मिल्ने खाल्को छ ।
एकदमै मेहनत गरेर राम्रो गर्ने प्रयास कलाकारले गरेका छन् । गीत पनि एकदमै राम्रो बनेर बजारमा आएको छ । सबैजनाले यो भिडियो हेरेर प्रतिक्रीया दिन समते ठकुरी भनेका छन् ।
बिक्रम चौहानका हरेक गीतहरु राम्रा र उत्कृष्ट हुने दाबी गर्दै उनले सबैले हेरी दिन र माया गरीदिन आग्रह गरे ।
भियियोको दृश्य निर्माणको बि–स्टार फिल्मसले गरेको हो भने सो गितमा केशव बडुको एरेन्ज रहेको छ । भिडियोमा अञ्जली अधिकारी, टीका जैशी, पउल बिष्ट र आर्यानको नृत्य हेर्न पाईने छ ।
प्रतिक्रिया दिनुहोस्