अब ९८ दिन विदासहित सुत्केरीलाई चार महिनाको तलब !

काठमाडौं । सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले चार महिना आठ दिनको तलब पाउने भएका छन् ।  ९८ दिन सुत्केरी विदासहित थप एक महिनाको तलब पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।

सरकारी, गैरसकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको रायबमोजिम प्रजनन स्वास्थ्य रुग्णताका कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भएमा अघि वा पछि एक महिनाको तलबसहिको बिदा दिने व्यवस्था विधेयकले समेटेको छ ।

पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन बिदा दिने प्रस्ताव पनि गरिएको छ । विधेयकअनुसार सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहित प्रसूति बिदा पाउनेछन् ।

दफा १३ मा भनिएको छ, ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहित प्रसूति बिदा पाउने अधिकार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्