काउन्सिलको परीक्षामा ७१ प्रतिशत डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् । ७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका छन् ।

‘यो नजितालाई हेर्दा धेरे विद्यार्थी फेल भएको देखिएपनि वर्षभरीको नतिजालाई आधार मान्दा नेपालमा वाषिर्क ६० देखि ७० प्रतिशत विद्यार्थी पास भएकै देखिन्छ । जुन आफैमा नराम्रो नतिजा हैन ।’ नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भन्नुभयाे । यद्यपि, यस पटक सामेल भएका अधिकांश विद्यार्थी पुराना व्याचको (६ वर्ष अगाडि देखिएकोे) भएकोले पनि नतिजा राम्रो नआएको हुनसक्ने काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले मार्च, अगष्ट र डिसेम्बर गरी वर्षमा तीन पटक चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने गर्दछ । जसमध्य डिसेम्बरमा सबैभन्दा धेरै विद्यार्थीहरुले उक्त परीक्षामा सामेल हुने गर्दछ । विशेषगरी, विद्यार्थीको संख्या, पढाइको स्तर तथा विद्यार्थीको क्षमताले पनि नतिजामा असर पार्ने हुँदा प्रतिशतका हिसाबले पनि यस पटकको नतिजा अहिलेसम्मकै कमजोर देखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार काउन्सिलले यस भन्दा अगाडि ०७४ साल मंसिर १६ गते लिएको परीक्षामाजम्मा ३९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । जुन यसभन्दा अगाडिको सबैभन्दा कमजोर नतिजा हो ।

यस्तै, काउन्सिलले शनिवार लिएको बीडीएस तर्फको परीक्षामा भने ५७.५ प्रतिशत विद्यार्थी पास भएका छन् । जम्मा १२७ जना परीक्षार्थी सामेल उक्त परीक्षामा ७३ जना (५७.४८प्रतिशत) जना पास भएको काउन्सिलले जनाएको छ ।यो नतिजासँगै काउन्सिलले हिजो लिएको दुवै परीक्षामा पास हुनेको संख्या जम्मा २९ प्रतिशत रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्