अर्थमन्त्री खतिवडाको भनाइ-कर तिर्न नसक्नेलाई करको बोझ लगाइदैन

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पारेका छन् ।

सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन् । उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराए ।

आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएो । उनले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराए ।
सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दाबी छ ।

अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको पनि स्मरण गराए । उनले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्