बिमस्टेकको चौथो शिखर सम्मेलन: नेपालको लागि अवसर

काठमाडौं । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिकवृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । यसको तयारीको लागि विशेष बैठकहरु तथा छलफल पनि भईरहेको छ । यस सम्मेलनबाट नेपालले भरसक धेरै फाइदा उठाउन सक्नु पर्छ । हामी यतिखेर राजनीतिक स्थीरता संगै स्थायी र दुई तिहाईको सरकार छ । सबै नेपालीको चाहना सम्मृद्ध नेपाल हो ।

विलकुल व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका उदेश्य लिएर निम्ति २० वर्षअघि स्थापना भएको दक्षिण तथा दक्षिण पूर्वी एशियाली मुलुकको उपक्षेत्रीय संगठन बिमस्टेक आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने चौथो शिखर सम्मेलनमा वडापत्रदेखि अन्य तयारीका गर्न आवश्यक छ ।
विमस्टेकको बडापत्र समेत तयार गरि घोषणपत्र जारी गर्नुपर्छ । यसलाई कसरी प्रभावकारी बननउन सकिन्छ । त्यसको बारेमा विज्ञहरुसंग प्रसस्त छलफलहर गर्न आवश्यक छ ।

बिमस्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा र भावि योजना यसलाई अझ द्रुतगितमा कसरी लैजान सकिन्छ भन्ने कुरामा केन्द्रीत हुनु पर्दछ ।
सम्मेलनको फाइदा बेफाइदा, तत्काल उठाउनु पर्ने एजेण्डा र भविष्यमा उठाउनु पर्ने एजेण्डालाई पनि वर्गिकरण गर्नु पर्दछ ।

विमस्टेक शिखर सम्मेलनमा विकसित तथा विकासोन्मुख अल्पविकसित सबै राष्ट्रका राष्ट्रप्रमुखहरुको उपस्थिति हुने भएकाले नेपालले खेप्दै आएको समस्या, व्यापार घाटा, आयत र निर्यात गर्दा सामुन्द्रिक देशमा पर्ने समस्या, सामुन्द्रीक पहुँच लगायतको एजेण्डा नेपालेल खुलेर राख्नु पर्दछ ।

विमस्टेकको नेतृत्वको संकट देखिएको छ । यसले जति सशक्त रुपमा काम गर्नु पथ्र्याे त्यो सकेको छैन । भारत यसलाई त्यत्ति चासो दिएको पाईदैन । उसले थाईल्याण्ड र म्यानमारको झुकाव आसियान मुलुकसँग सम्बन्ध छ । भारतले आफ्नो व्यापार आसियानमार्फत गर्छ । भारतले आसियानमा नियोग स्थापना गरी आसियानसँग प्रत्यक्ष व्यापार अभिवृद्धि गरिरहेको हुँदा यसमा चासो दिएको छैन ।

चौथो शिखर सम्मेलनको तयारी, काठमाडौँ घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको खाकालाई अन्तिम रूप दिने र शिखर सम्मेलनलाई सफल तुल्याउने विषयमा नै केन्द्रित भएर सघन छलफल भइरहेता पनि यसलाई पूर्ण रुपमा सपल र परियाममुखि बनाउनका लागि सबै पक्षको सल्लाह र सुझावलाई समेट्नु पर्दछ ।

विमस्टेकमा सदस्यताको प्रतिनिधित्वमा सन्तुलन नभएका विज्ञहरुको बुझाई छ । भविष्यमा लाओस, भियत्नामा, मलेसिया र कम्बोडियाजस्ता मुलुकलाई पनि विमस्टेकमा सहभागी गराउनुपर्छ । यसो गर्न सकियो भने सार्क र आसियान क्षेत्रका सदस्यहरुको सन्तुलन हुन्छ । विमस्टेक भनेको आसिायन र सार्कको पुल हो । यसलाई सन्तुलन बनाउन जरुरी छ ।

विमस्टेक राष्ट्रहरुलाई फाईनाईन्सियल सुविधान दिने घोषणा गरेका थियो । हामीले एआईआईबीमार्फत जहाँ ९भारत, चीन र नेपाल० संस्थापक सदस्य छन् । त्यस्ता बैंकबाट न्यून ब्याजमा सफ्ट लोन लिएर क्षेत्रिय परियोजनाहरु अघि बढाउन आवश्यक छ ।

विमस्टेटकको प्राथमिकतामा उर्जा, रेल, विमान र यातायात० पर्यटन क्षेत्रलाई पनि विमस्टेकले बढावा दिनुपर्ने पर्न देखिन्छ । यहि सम्मेलनमार्फत बुद्धिष्ट सर्किटको अवधारणालाई अघि बढाउन संयुक्त प्रयास गर्नुपर्छ । यसको लागि नेपालले विशेष पहल गर्नुपर्छ ।

विमस्टेकमा उच्च हिमालदेखि पानीको जिरो लेभलसम्मका राष्ट्रहरु आवद्ध भएकोले यसलाई सबैको भावना समेट्ने खालको अवधराण ल्याउनु पर्छ । विमस्टेकमा हिमाल, पहाड र नदीनाला सबै भएको राष्ट्र छन् तर सार्क, आसियान लगायत अरुमा फोरममा पाईँदैन् । विमस्टेकले माउन्टेन ईकोनोमीको अवधकारणापत्र समेत तयार पारिरहेकाले नेपालले जैविक विविधताको फाईदा लिनुपर्छ ।

नेपाल भुपरिवेष्ठित राष्ट्र भएपनि हामीले सामुन्द्रिक कानून अनुसार समुन्द्रको उच्च तट ९२०० सय माईल० सम्म हाम्रो हक हुन्छ । नेभिगेशनको हक तथा उच्च समुन्द्र तटमा भएका सम्पत्तिहरुको हक ९ग्याँस, पेट्रोल ० हुने कुरालाई यस पटकको शिखर सम्मेलनमा नेपालले उठाउनुपर्छ ।

नेपाल अध्यक्ष राष्ट्र भएकोले विमस्टेक सम्मेलनमार्फत आगामी सन् २०३० सम्मको दिर्घकालिन योजनाको तयारी गरि अग्रसरता लिनुपर्छ । यसप्रति समयमै तयारीका साथ काठमाडौं घोषणापत्रमा समेट्नु पर्दछ । यस शिखर सम्मेलन अगावै परराष्ट्रविद्, सिमाविद्, अर्थविद्, उद्योगि तथा व्यवसायी, कुटनीतिज्ञ सबै पषसंग व्यापक र गहन छलफल सहितको निष्कर्ष निकाल्न आवश्यक छ । यसबाट नै नेपाललाई सम्मृद्ध बनाउन सहयोग पुग्न सक्छ । यो शिखर सम्मेलनबाट व्यापार घाटा कम गरि बस्तुको उत्पादन बढाई निर्यात गर्न सकेमा नेपाललार्ई धेरै राहत हुनसक्छ । विश्व बैक जस्तै विमस्टेक बैंक खडा गरि यसबाट सौलियत ऋण लिई लगानी बढाउन सकिन्छ । त्यसकारण यो विमस्टेक शिखर सम्मेलन नेपालले भरपूर उपयोगी बनाउनु पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्