प्रधानमन्त्री र डा.केसी भेटः सहमती कार्यान्वयन नगरे फेरी अनसन बस्ने चेतावनी

काठमाडौं, २६ श्रावण । प्रधानमन्त्री केपी ओली र डा.गोविन्द केसीबिच चिकित्सा शिक्षा विधेयकका बारेमा गम्भर कुराकानी भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेटेर डा.गोविन्द केसीले सहमति अनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताउँदै त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको डा.केसी आफ्नो वार्ता टोलीसहित आज बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षा सहमती अनुसार ल्याउन बारेमा गम्भिर छलफल भएको छ ।

डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्नेमा जोड दिएको स्रोतले बताएको छ । त्यसमा आलटाल र फेरवदल गरे १६ औं अनसन बस्ने चेतावनी दिएको हो ।

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने कुरामा विश्वस्त हुन आश्वासन दिएका छन् । साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा। केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

तर, डा। केसीले भने आफू नबस्ने बताएका छन् । ‘हामीले अरुलाई पनि विश्वास गर्नुपर्छ । कमिटी बनाउने हो भने हाम्रो प्रतिनिधि राख्नु भए हुन्छ । राज्यप्रति हामीले पनि विश्वस गर्नै पर्छ । तर, त्यसमा षडयन्त्र नहोस्’ उनले भने ।
डा. केसी र सरकारबिच पटक–पटक भएका सहमतीहरु हुबहु कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई पनि चुनौति छ । उनलाई यो सहमती हुबहु कार्यान्वयन नगर्न कार्यकर्ता र व्यवसायीको चर्को दवाव छ । यो चर्काे दवावकाबिच प्रधानमन्त्री ओलीले सहमतीलाई कसरी तार्किक निष्कर्षमा पुर्याउला त्यो भने हेर्न बाँकी छ ।

डा. केसी प्रधानमन्त्रीलाई भेट्दा पनि विश्वस्त हुन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्