अपि पावरले ४० मेगावाटको चमेलिया बनाउदै, प्राधिकरणसँग भयो यस्तो सम्झौता

काठमाडौं– अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभाग विच शुक्रबार ४० मेगावट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर पत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका संचालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालक  विभागका निर्देशक दिर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदुर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिइएको छ ।

४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । यसअघि छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ ।

त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

यस अपि पावर कम्पनीले जलविद्युतको अलावा १८ मेगावाटको सैर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागि भई १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो ।

कम्पनीले प्राप्त गरेको १८ मेगावट क्षमतको सोलार अयोजना यसै आर्थिंक वर्षभित्र सम्पन्न  गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्