निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको आयोगका प्रवक्ता नवराज ढकालले दिए ।
मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान केन्द्रमा पुगिसकेको भन्दै उनले भोलि विहानसम्म दोश्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा मतदान केन्द्र स्थापना भइसक्ने बताए । कर्मचारीले भोलि र पर्सि मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरणका साथै निर्वाचनसँग सम्बन्धित अन्य कामहरु सञ्चालन गर्ने प्रवक्ता ढकालले बताए ।
यस चुनावमा युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्रा्िष्ट्रय संस्थाका ४ सय पर्यवेक्षक तथा राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्