आदिवासी जनजातिको १३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न
काठमाडौं । वृहत राष्ट्रिय राजनीतिक सम्मेलनले विहीबार १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।
साउन १९ र २० गते काठमाडौंमा सम्पन्न दुईदिने राजनीतिक सम्मेलनले तयार पारेको घोषणापत्रमा संविधान संशोधन गरी पहिचानका आधारमा ११ प्रदेशको संघीय संरचना बनाउन माग गरेको छ ।
उक्त सम्मेलन आदिवासी जनजातिले अधिकार, प्रतिनिधित्व र स्वायत्तता र स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा समेत तय गरेको छ ।
२०७२ को संविधानले परिकल्पना गरे अनुरुप स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरुको सूचीसमेत घोषणापत्रमा उल्लेख गरिएको छ । साथैे सूचीमा विभिन्न २९ जातीय समुदायलाई समेत समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्