राजीनामा दिएका श्रेष्ठको विषयमा नेकपाले आज निर्णय गर्दै , के निर्णय गर्ला ?

काठमाडाैं । पार्टी प्रवक्ताबाट राजीनामा दिएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को राजीनामाबारे नेकपाले बुधबार निर्णय गर्ने भएको छ ।

बुधबार बस्ने सचिबालय बैठकमा श्रेष्ठको राजीनामाका विषयमा केन्द्रीत रहेर नेकपामा छलफल हुन लागको  छ ।

श्रेष्ठले ७ साउनमा प्रवक्ता पदमा आफू नरहने भन्दै राजीनामा दिएका थिए ।

डा.गोविन्द केसीका माग र सुशीला कार्कीसँगको भेटको विषयलाई लिएर श्रेष्ठसँग प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेपछि श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्