स्क्रब टाइफस रोगका बिरामी बढे, कसरी बच्ने ?

काठमाडौं । वर्षा लागेसँगै स्क्रब टाइफस रोगका बिरामी बढेका छन् । यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ डाक्टरले बताएका छन् ।

विशेषगरी पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । तर बेलैमा रोगको पहिचान गरी उपचार गराउन नसक्दा बिरामीको अवस्था जटिल बन्ने गरेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताए । वर्षा लागे पछि स्क्रब टाइफसको जोखिम धेरै हुने डाक्टरले बताउँदै आएका छन् ।

यसपाली वर्षा लागेपछि १० जना भन्दा धेरैमा स्क्रब टाइफसको लक्षण देखिएको पाइएको छ । काठमाडौं उपत्यकासँगै धादिङ, सिन्धुपाल्चोक लगायत सर्लाहीमा पनि यो रोगका बिरामी भेटिएका छन् । साउन र भदौ महिनामा यो रोगको संक्रमण बढी हुने डाक्टर पुनले बताए ।

डाक्टर पुनका अनुसार मुसामा पाइने किर्ना जस्तो संक्रमित स–साना किराको टोकाइबाट मानिसमा स्क्रक टाइफस रोग सर्दछ । गएको आर्थिक वर्ष २०७४र७५ मा काठमाडौं उपत्यकामा मात्रै ३ सय भन्दा बढीमा स्क्रब टाइफसको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्