सौगात ओझाको डोट्याली भाषामा आधारीत तिज गित सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सुदुरपश्चिमका चर्चित गायक सौगात ओझाको डोट्याली भाषामा आधारीत तिज गित सार्वजनिक भएको छ । उक्त गीत भर्खरै मात्र बजारमा आएको हो ।
सुदुरपश्चिमका चर्चित संगितकार तथा कलाकार सौगात ओझा ले सुदुरपश्चिमको लोक संस्कृति झल्कने भाषामा आधारीत पहिलो पटक ‘ईसी हो त पछ्याण‘ नामक तिज गित बजारमा लाएका हुन ।
यस गीतमा ओझाकै आफ्नै शव्द, संगित र स्वरमा ‘रहेको छ भने गायिका सावित्री मास्केले साथ दिएकी छन ।
ओझा संगै प्रकास ओली र लक्ष्मी गरंजा मगर ले अभिनय गरेका छन ।
हरि रानाको निर्दैशनमा छायांकन भएको ‘ईसी हो त पछ्याण‘ तिज गितमा अमित विक ले छायांकन तथा सम्पादन गरेका छन भने अभिनय गायक स्वयंमले गरेका छन ।
यो तिज गित  ओझाले आफ्नै यु ट्युव मार्फत मंगलवार सार्वजनिक गरेका हुन।

प्रतिक्रिया दिनुहोस्