धनकुटा अस्पतालमा चिकित्सकको अभाव

काठमाडौँ । जिल्ला अस्पताल धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् ।

बिरामीको चाप हुने समयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित तीन चिकित्सक एकै पटक सरुवा भएर हिँडेपछि अहिले अस्पताल एक जना चिकित्सकको भरमा सञ्चालनमा छ ।

अस्पतालमा करारमा रहेका दुई जना चिकित्सकको समेत म्याद थप नहुँदा उपचारका लागि आउने बिरामी समस्यामा परेका हुन् ।

यो अस्पतालमा धनकुटासहित भोजपुर, तेह्रथुम र संखुवासभाबाट दैनिक २ सय बिरामी उपचार गर्न आउने गरेका छन् ।

अस्पताल डाक्टरविहीन हुन लागेपछि यस क्षेत्रका सेवाग्राही सुनसरी र मोरङका अस्पताल धाउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्