घुमाउनेमा पहिरो गयो : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा पहिरो खस्दा फेरि नारायणगढ–मुग्लिन सडकखन्ड अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार शनिबार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ ।
पहिरो पन्छाउने काम सुरु भएकाले सडक खुल्न केही घन्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।
राति परेको वर्षाका कारण सडक चौडा पार्नेक्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो ।
पहिरोले चितवनबाट काठमाडौं र पोखरा जाने तथा काठमाडौं र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी–साधन बीच बाटोमै रोकिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् विभिन्न स्थानमा पहिरोको जोखिम छ ।
यसअघि, साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घन्टा सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्