सिटिजन्स बैंक ईन्टरनेशनलद्धारा बाढी पीडितलाई आर्थिक सहयोग प्रदान ।

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढी पिडीतलाई सहयोग गर्ने उद्देश्यले एघार लाखको सहायता प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले महोतरी जिल्लाको मटीहानीका बाढी पीडितलाई पाँँचलाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री पनि वितरण गरेका छन् ।
बैंकले ५ सय परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको जनाएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहत वितरण कार्यक्रम गरिएको जनाइएको छ । यस अघि पनि बैंकले भूकम्पपिडीतलाई र्आिर्थक सहयोग स्वरुप एक करोड कोषमा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्