मोडेल सञ्चितालाइ म्युजीक भिडीयोमा धमाधम आफरआउदै
काठमाडौं, –साँस्कृतिक र धार्मीक सम्पदाहरुले भरिपूर्ण दैलेखको डाँडीमाडीमा जन्मीनु भएकी सञ्चिता शाही कलाकारिता क्षेत्रमा अहिले चर्चामा बटुल्दै अगाडी बढ्दै जानु भएको छ । अहिले मोडेल सञ्चितालाइ म्युजीक भिडीयोमा धमाधम आफर आउन थालेको छ । उनी अहिले अभिनयमै ब्यस्त भएको बताउ छीन। अन्धोपन नामक लोकगीतले बजारमा उहालाइ चिनाए संगै उहालाइ अहिले म्युजीक भिडीयोमा अफर आउन थालेको हो ।कलाकारिता क्षेत्रमा प्रवेश गरेको छोटो समयमै सञ्चिता चर्चाको शिखरमा पुग्न सफल भएकी छन । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुची राखेकी दैलेखकी चेली सञ्चिताले बाल्यकाल भने सुर्खेतमा बितेको हो ।सञ्चिताले करिब चार दर्जन म्युजिक भिडियो र दुई वटा चलचित्रमा काम गरिसक्नु भएको छ । आफ्नो भूमिकामा रहेको चलचित्र “दिब्य” प्रर्दशनमा आउने तयारीमा छ भने चलचित्र “कैदि” को केहि काम बाँकी रहेको मोडेल सञ्चिताले बताउनु भयो । उक्त चलचित्रमा पनि सञ्चिताको मुख्य भूमिका रहेको छ । कलाकारिता क्षेत्रमा केहि गर्ने अठोटका साथ काठमाण्डौ आउनु भएकी शाही छोटो समयमा कलाकारिता क्षेत्रमा स्थापित हुन सफल हुनु भएको छ ।
सुरुमा निकै कठिन संघर्ष गर्नु पर्दा हार खाएको थिए, सञ्चिता भन्छिन, “मौसम गुरुङ्गको एउटै लोकगितबाट सुपरहिट भए ।” सुर्खेतबाट कलाकार बन्ने ईच्क्षा लिएर काठमाण्डौ पुगेकी सञ्चितालाई मौसम गुरुङ्गको “अन्धोपनको मायाले” सेलिब्रेटी मोडल सञ्चिता बनाई दियो । आफुले कथाले मागेको भुमिका दिन सकेको सञ्चिताले दावी गर्नु भयो । कथा र विषयबस्तु अनुसारको अभिनय गर्छु । अभिनय गर्दा आफुलाई कथाको पात्रको रुपमा लिएर कथा र विषयमै बढी होसियार हुन्छु, उनले भनिन् ।
नेपाली साङितिक बजारमा येतिबेला जम्दै आएकी मोडेल संचिता साही उत्कृष्ट मोडेल को रुपमा बिन्दबासिनी म्युजिक अवार्ड बाट हात पार्न सफल समेत भएकी छन । गायक मौसम गुरुङ को आवाज मा रहेको गित ूअन्धोपन नामक लाइ शितल सिजन डिजटल ले प्रस्तुत गरेको थियो। यस गित मा अभिनय गरेकी सन्चिता साही उत्कृष्ट मोडेल अवार्ड २०७४ को लागी नोमिनेशन मा पर्नु भएको हो ।म्युजिक अवार्ड २०७४ का लागि उहाले भोट दिएर सहयोग गरिदिनुहुन सबै सबै लाइ सामाजिक सन्जाल मार्फत अनुरोध समेत गर्नु भएको छ ।
निकै दयालु र मीलन सार सञ्चिता शाही ले सदैब यही कलकारिता क्षेत्रमै लागीरहने पनि बताउनु भएको छ । उहाँको साङितिक यात्रा अझै थपिदै जाओस सुभकामना छ।
प्रतिक्रिया दिनुहोस्