‘प्रधानमन्त्रीले आफ्नै साँसदलाई सरकारको प्रतिरक्षा गर भन्नु बिडम्बनापूर्ण’ : डा. शेखर कोइराला
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले दुई तिहाइको समर्थन रहेको सरकार निरिह देखिएको बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्री र सांसदहरुलाई राखेर सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण भएको उनले बताए । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘यो हामी गल्ती गर्दैछौं, तिमीहरु प्रतिरक्षा गर भनेको न हो ।’
‘मलाई त अचम्म पनि लाग्यो । दुई तिहाईको समर्थन भएको प्रधानमन्त्री यति निरिह हुनुपर्ने त होइन ।’
सरकार संविधान विपरित चल्न खोजेको उनको आरोप छ । सुन काण्डको ठूलो माछा झै संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई अपहरणको शैलीमा उठाएको उनले बताए ।
सत्याग्रही गोविन्द केसीलाई गृहमन्त्रीले संसदमा उभिएर अधिनायकवादी भनेको स्मरण गर्दै उनले भने, ‘यो सरकारले हामीलाई लोकतन्त्र, सर्वसत्तावादबारे सिकाउन जरुरी छैन ।’
प्रतिक्रिया दिनुहोस्