ठूला चुनावी सभा सक्काएपछि शीर्ष नेता अब आफ्नै क्षेत्रमा

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन ४ दिन मात्र बाँकी छ । यसैगरी दोस्रो चरणको चुनावी दौडाहमा रहेका शीर्ष नेताहरु आजबाट आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेभएका छन । विभिन्न जिल्लामा आयोजित ठूला चुनावी सभालाई सम्बोधन गरेका शीर्ष नेताहरु आजबाट आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका हुन् ।

दोस्रो चरणमा निर्वाचन हुने विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आजदेखि आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामै रहनेछन । प्रधानमन्त्री देउवा अब निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको जिल्ला डडेल्धुरामा रहनुहुने उहाँका स्वकीय सचिव भानु देउवाले दिए ।

यता नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली आज मोरङ –३ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन –३ मा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्र चितवन –३ मा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि निर्वाचन नसकिएसम्म चितवन –३ नछाड्ने भएका छन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचनको दिनसम्म आफ्नौ निर्वाचन क्षेत्रमा व्यस्त रहनुहुनेछ । यस्तै एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र राप्रपा अध्यक्ष कमल थापा पनि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहनेछन ।

माडीको सभालाई ओली र दाहालले सम्बोधन गर्ने
संयुक्त कम्युनिष्ट गठवन्धनले आज चितवनको माडीमा बृहत चुनावी सभाको आयोजना गरेको छ । माडीमा आयोजना गरेको वृहत्त चुनावी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज त्यहाँ जाने कार्यक्रम रहेको छ ।

स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा पनि परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्