सिकलसेल एनिमियाको अबदेखि निःशुल्क जाँच
काठमाडौं । स्थानीय भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण सुरु गरेको छ ।
अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापाले बताउनुभयो ।
यसअघि त्यो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाबाट एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्