दोस्रो चरणको निर्वाचनका लागि खटिए कर्मचारी

काठमाडौं ।प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरीको सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ । बिहानैदेखि उपत्यका लगायत दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा सुरक्षा गस्ति सुरुभएको गहृमन्त्रालयले जनाएको छ ।पछिल्लो समय उम्मेदवार तथा दल लक्षित बम विस्फोटका घटना बढ्दै गएसंगै गृहमन्त्रालयले ४ वटै सुरक्षा निकायलाई तिव्ररुपमा चरिचालन हुन निर्देशन दिएको छ ।

शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो नदेखिएको गुनासो बढेपछि केहि मुख्य निर्वाचन क्षेत्रहरुमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाले संयुक्तरुपमा गस्ती सुरुगरेको गहृमन्त्रालयको भनाई छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा कुनै राजनीतिक आस्था बोकेका समुहबाट भएको भन्दै सुरक्षा रणनितिलाई परिवर्तन गरिएको बताए ।

उनले कुनै त्यस्ता समुह संगठन वा व्यक्तीबाट अराजक क्रियाकलाप भए गोली हान्ने सम्मको आदेश भएको उल्लेख गरे ।गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने बताए । गहृमन्त्रालयले आगामी मंसिर २१ मा हुने निर्वाचनमा ढुक्कभएर मतदानका लागि मतदाता सहभागि हुने बतावरण बनाउन लागी परेको जनाएको छ ।

खटिए कर्मचारी
निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट कर्मचारी खटाउन सुरु गरेको छ । निर्वाचन सामग्रीसहित ७ हजार ७ सय ५२ निर्र्वाचन स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रतर्फ कर्मचारी खटाउन सुरु गरिएको हो ।

निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी नौंजनासम्मको टोलि मतदान केन्द्रतर्फ पठाउन थालिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार सामाग्री बुझेर मतदान केन्द्रतर्पm प्रस्थान गरेका कर्मचारीले भोलिसम्म प्रत्येक मतदान केन्द्रमा कार्यलय स्थापना गरिसक्नेछन् ।

मतदानमा खटिने कर्मचारीले मंसिर १९ र २० गते मतदाता परिचयपत्र बितरण गर्ने आयोगले जनाएको छ ।त्यस्तै कार्यालयबाटै मतदाता शिक्षा कार्यक्रमपनि सञ्चालन हुने प्रवक्ता ढकालले बताए । दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा आबश्यक सम्पुर्ण सामाग्री पुगिसकेकाले कर्मचारी खटिएसंगै निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते मतदान हुदैछ ।

प्रतिक्रिया दिनुहोस्