काठमाडौं, १० श्रावण । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । थापाले सैन्य मुख्यालयको जिम्मेवारी साउन २५ गतेदेखि सम्हाल्नेछन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । अवकाशपूर्व एक महिना विदामा बस्ने प्रचलनअनुरुप क्षत्री साउन २४ देखि नै विदामा बस्नेछन् ।

सरकारले पूर्णचन्द्र थापालाई साउन २४ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय भएको हो । भदौ २४ पछि थापाले पूर्णरुपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।

उनको रथीको पदावधि असोजमै सकिने थियो । तर, सरकारले बलदेवराज महतसँगै उनको कार्यकाल एक वर्ष थप र्गयो ।

महतले १६ कात्तिकमा ५८ वर्षे उमेर हदका कारण अवकास पाएपछि थापा सेनापतिका एक्ला दावेदार बने ।

प्रतिक्रिया दिनुहोस्