डा.केसी र सरकारबीचको वार्ता सहमती नजिक, आजै अनसन तोड्ने

काठमाडौं । डा. गोविन्द केसीको २७ दिनदेखिको आमरणअनसन तोडिने भएको छ । सरकार र केसीबीचको वार्ता निश्कर्षमा पुगेपछि आमरणअनसन तोडिएको संवावना बढेको हो । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा। गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्यले जानकारी दिए । सहमतिको पत्र भने सार्वजनीक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्