सर्वोच्च अदालतद्वारा लक्ष्यभन्दा २० प्रतिशत कम मुद्दा फर्स्याैट

काठमाडौं । सर्वोच्च अदालत लक्ष्य अनुसार मुद्दा फर्स्याैट गर्न असफल भएको छ। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/०७५ को समिक्षा प्रतिवेदनमा लक्ष्य अनुसार मुद्दा फस्र्यौट गर्न नसकिएको स्विकार गरिएको छ ।

निर्धारण गरिएको लक्ष्यभन्दा २० प्रतिशत कम मुद्दा फर्स्याैट गरिएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए।

लक्ष्य अनुसार मुद्दा फर्स्याैट नभएपनि सर्वोच्च अदालतले गत आर्थिक वर्षमा २०७३/०७४ को भन्दा करिब ३ प्रतिशत मुद्दा बढी फर्स्याैट गरेको छ। आर्थिक वर्ष २०७३/०७४ मा ५३ दशमलव ७८ प्रतिशत मुद्दा फर्स्याैट गरेकोमा आर्थिक वर्ष २०७४/०७५ मा ५६ दशमलव ५९ प्रतिशत मुद्दा किनारा लगाउन सफल भएको हो।

गत आर्थिक वर्षमा जम्मा २ लाख १२ हजार ३ सय ९७ थान मुद्दा रहेकोमा १ लाख २० हजार १ सय ८९ थान मुद्दाकाे फैसला भई टुंगाे लागेकाे सर्वोच्च अदालतको वार्षिक समिक्षा प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्