राजधानीमा टाइफाइडका बिरामी बढे, जारको पानी पनि उमालेर पिउन सुझाव

काठमाडौं । वर्षायामसँगै राजधानीमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेको चिकित्सकहरु बताउँछन् । गतवर्ष भन्दा यसवर्ष यही समयमा टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताए ।

उनले भने, “गतवर्ष हप्तामा दुई–तीन जना मात्र टाइफाइडका बिरामी आउँथे, अहिले यो संख्या बढेको छ तर अहिले हप्तामा आठ÷नौ जनासम्म यस्ता बिरामी प्रयोगशालाका जाँचमा देखिएका छन् ।”

त्यसैगरी, गतवर्ष हैजाका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार आएका थिएनन् । यसवर्ष वर्षायामको सुरुआतमा देखिनै दैनिक ३ देखि ५ जनासम्म हैजाका बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।  अस्पतालमा आएका बिरामीमा आउँका बिरामी भने गत वर्षभन्दा कम देखिएका छन् । वर्षा हुने समयमा सरुवा रोगका बिरामी अझै बढ्न सक्ने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका प््रमुख डा. विवेक लालले गर्मीयाममा पानीको अभाव हुने, वर्षाका कारण पानीका मुहान दूषित भएको पानी पिउँदा र खानाका कारण बिरामीको परिने हुदाँ सर्तकता अपनाउनुपर्ने बताए ।  यस्तो मौषमी विरामीहरु सँख्या हरेक दिन ५ देखि १० जना आउने गरेको वीर अस्पतालका इमर्जेन्सी प्रमुख डा. भोलाराम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्