देशभर गाडी दुर्घटनामा कमी, काठमाडौंमा भने वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०७४र७५ मा देशभर गाडी दुर्घटनाबाट दुई हजार ३१८ जनाको ज्यान गएको छ ।
आव २०७४र७५ मा नौ हजार ९८९ दुर्घटनाबाट ज्यान जानेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।
ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार आव २०७३र७४ को तुलनामा आव २०७४÷७५ मा गाडी दुर्घटनामा कमी आएको छ । उनकाका अनुसार आव २०७३र७४ मा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । आव २०७३र७४ मा १० हजार १७८ दुर्घटना भएको थियो ।
चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनाइ छ । काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको ज्यान गएको छ । आव २०७२र७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१र७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको ज्यान गएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।
काठमाडौं उपत्यकामा दुर्घटना वृद्धि
ट्राफिक निर्देशनालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा आव २०७३र७४ को तुलनामा आव २०७४र७५ मा दुर्घटना बढेको छ । आव २०७३र७४ मा १८२ ज्यान गएकोमा आव २०७४र७५ मा १९४ जनाको ज्यान गएको छ । यस्तै आव २०७२र७३ मा १६६, आव २०७१र७२ मा १३३ र आव २०७०र०७१ मा १४३ जनाको ज्यान गएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनले भने ।
काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२र७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ
प्रतिक्रिया दिनुहोस्