डा केसीद्वारा रगत परिक्षण !
काठमाडौं। जुम्लाबाट काठमाडौ आएसँगै आज पहिलोपटक डा.केसीको शरिरमा भएका परिवर्तनहरुबारे परिक्षण भएको छ। ८० वर्षीया आमा मित्र कुमारी केसीको विशेष आग्रहमा डा केसीले स्वास्थ्य परिक्षण गर्न मानेका हुन्।
आइतबार साँझ आफ्ना छोरालाइ भेट्न शिक्षण अस्पताल पुगेकी मित्र कुमारी स्वास्थ्य परिक्षण पनि नभएको कुरा थााह पाउनासाथ विक्षिप्त भएकी थिइन्।
भेटमा केही नबोलेपछि टेलिफोन मार्फत भावुक हुँदै उनले आफ्ना छोरालाइ कमसेकम स्वास्थ्य परिक्षण गराउन आग्रह गरेकी थिइन्।
डा.केसीको स्वास्थ्यलाई नजिकबाट नियालिरहेकी भएकी डा.दिव्या सिंह शाहले पनि यसबारे डा केसीलाई आग्रह गरेका थिए। बोल्न नसके पनि करिब ४५ मिनेटसम्म डा.दिव्याको कुरा सुनेपछी र आमाको विशेष आग्रहमा डा.केसीले रगत परिक्षण गराउन सहमति दिएका हुन्।
यता रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन् । रगतका सम्पुर्ण ’प्यारामिटर’हरु असामान्य छन्।
प्रतिक्रिया दिनुहोस्