युवा नेता तथा उम्मेदवार पौडेलको घरमा बम विष्फोट, सुरक्षामा चुनौती

काठमाडौं ।नेपाली  कांग्रेसका युवा नेता तथा उम्मेदवार प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ ।
तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो ।कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क) का उम्मेदवार समेत हुन् ।घरको आँगनमा बम विष्फोट भएता पनि सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ ।बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।गएराति प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास नजिक र ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा पनि बम विष्फोट भएको थियो । यसरी श्रृंखलाबद्धरुपमा बम विष्फोटका घटना बढि रहदा सुरक्षामा चुनौति थपिदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्