आठ महिना मै अब्बल बन्यो साधना लघुवित्त

काठमाडौं । गोरखा केन्द्रीयकार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संचानलमा आएको आठ महिना मा नै यस आ.ब. २०७४।०७५मा सबैको सामु अब्बल दर्जाको वित्तीय संस्थाको रुपमा परिचित गराउन सफल भएको छ ।

यस वित्तीय संस्थाले हाल सम्म रु.४९५० जना ग्राहक सदस्यलाई रु. ३५ करोड ८ लाख कर्जा प्रवाह गरेको छ, भने निक्षेप तर्फ रु.५ करोड ५३ लाख संकलन गरी संचालन नाफा रु.४ लाख ३३ हजार गरेको छ । यसरी यस लघुवित्त सञ्चालनमा आएको आठमहिना मै अब्बल सफल भएको हो ।

दश जिल्लामा कार्यक्षेत्र रहेको यस बित्तीय संस्थाले ग्राहक सदस्यको सर्वपरी हितमा रही आगामी दिनमा थप कार्यक्रम बिस्तार गदै जाने कुरा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनु भयो ।

छोटो समयमानै मुनाफा आर्जन गर्न सफल भएको यस वित्तीय संस्थाले दुरदराजसम्म आफनो शाखा बिस्तार गरि हाल २० वटा शाखा कार्यालय मार्फत १०१७२ जना बिपन्न्र बर्गका महिलाहरुलाई समूहमा आवद्ध गरी कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउँदै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्