कसरी घटाइन् जरीन खानले ४३ केजी तौल ?

एजेन्सी । सुपरस्टार सलमान खानकोे फिल्म ‘वीर’ बाट बलिउडको यात्रा तय गरेकी अभिनेत्री जरीन खानको तौल कुनै बेला एक सय केजी थियो । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । जरीनले प्रयास गरिन् तर पूर्ण सफल भने भइनन् ।

जसका कारण फिल्म ‘वीर’ रिलिजपछि हिरोइनको मोटोपनमाथि समिक्षकले कटाक्ष गरेका थिए । त्यसपछि भने जरीनले आफूलाई पूरै परिवर्तन गरिन् । ४३ किलो तौल घटाएर ५७ पुर्‍याइन् । तौल घटाउने उनको तरिका भने ८० प्रतिशत खानामा नियन्त्रण र २० प्रतिशत एक्सरसाइज हो ।

अहिले त उनले खानपानदेखि एक्सरसाइजसम्मको रुटीन नै बनाएकी छिन् । उनी बिहानै खाली पेटमा १ लिटर पानी पिउँछिन् । बिहानको खाजामा ब्राउन ब्रेड टोस्ट र फलफूल हुन्छ । दिउँसो भेजेटेबल सुप पिउने गर्छिन् । सुरुमा जरीनले स्वीमिङ, जगिङ र जिममा धेरै समय बिताइन् ।

अहिले भने बिहान जगिङ, कार्डियो वर्कआउट, तौल घटाउने तालिम र योगा गर्छिन् । सुरुमा मोटी भनेर जिस्काउनेहरुलाई अचेल उनी उल्टै जिस्क्याउँछिन् ।

प्रतिक्रिया दिनुहोस्