खाद्य संस्थानद्वारा दशैको लागि २५ सय खसी बोका तथा च्याङ्ग्रा ल्याउने तयारी

काठमाडौं । हिन्दुहरुको महान् चाड विजया दशमीमा काठमाण्डौ उपत्यकाका उपभोक्तालाई लक्षित गरि सहज रूपमा मासु उपलब्ध गराउन हरेक बर्ष झै यो बर्ष पनि नेपाल खाद्य संस्थानले खसी, बोका तथा च्याँङग्रा ल्याउने तयारी गरेको छ ।

संस्थानका विभागीय प्रमुख शंकर सापकोटाले १५ सयको हाराहारिमा खसी बोका तथा एक हजारको हाराहारिमा च्याङग्रा ल्याउने तयारी भइसकेको जानकारी दिए । जसको लागि संस्थानले दाङ, मकवानपुर लगायतका जिल्लावाट खसी बोका र मुस्ताङबाट च्याङग्रा ल्याउन लागेको छ ।

अघिल्लो बर्ष संस्थानले १४/१४ सय खसी बोका र च्याङग्रा गरी जम्मा २८ सय ल्याएको थियो । दशैमा संस्थानले खसीबोकाको मूल्य तोकेपछि मात्र व्यापारीहरूले पनि त्यसको मूल्य तोक्ने भएको कारणले गर्दा यो बर्षकालागि घटस्थापनाको दुई तीन दिन अगाडि खसीबोका तथा च्याङग्रा उपत्यकामा भित्र्याइ सक्ने योजना रहेको छ। संस्थानले खसीबोका समयमानै नल्याउने बित्तिकै अन्य व्यपारीहरुले मनलाग्दी रुपमा मूल्य राखी सर्वसाधारण उपभोक्ताहरुलाई ठगिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्