सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला
काठमाडौं । नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ ।
सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका क्रममा रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला कुष्ठरोगी फेला परेको धनगढीमाई नगरपालिका, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायले जानकारी दिए ।
कुष्ठरोग निवारण अभियानअन्तर्गत नयाँ कुष्ठरोगी खोजी गर्ने क्रममा नगरपालिकाका फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा छ जनाको शरीरमा पनि रातो फुस्रो नचिलाउने दाग, बाक्लो अनुहार तथा कानको लोती, नशा झमझमाउने र गिर्खा निस्किएको भेटिएको रायले बताए ।
समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङता हुनबाट जोगिन सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्