घरेल हिंसा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न

तुलसीपुर(दाङ), १८ भदौ । घरेलु हिंसा हामी गर्दनौ, हामी सहदैनौ’ भन्ने नाराकासाथ घरेलुहिंसा नियन्त्रण सम्बन्धी अन्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा घरेलुहिंसा नियन्त्रण सम्बन्धी एक दिने जनचेतनामुल अन्तरक्रिया कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं ४को रक्षा चौरमा सम्पन्न भएको छ ।
आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसारहित समाज निर्माण गर्नकालागि सकारात्मक सोचका साथ एकजुट हुनु पर्ने बताएका थिए ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अर्यालले प्रहरी र नागरिकहरुको सहयोगले मात्र अपराध नियन्त्रण गर्न सकिने बताउनु भयो।
उहाँले आफना घर छिमेकमाकुनैपनि घटनाको बारेमा जानकारी भए प्रहरीलाई समयमा सुचना दिएर सहयोगगर्न पनि अनुरोध गर्नु भयो।
कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरे, नागरिक र प्रहरी विचको एकताले मात्र हिंसारहित रहित समाज निर्माण गर्न सकिने बताउनु भयो। सो अबसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका का सदस्य दिपक कुमाल, गुरुजजुर मावि का प्राचार्य विष्ण प्रसाद आचार्य ,अधिकार कर्मी प्रमोद न्यौपाने,लगाएतका बक्ताहरुले घरेलू (हिंसा नियन्त्रण बारेमा बोल्नु भएको थियो भने कार्यक्रममा स्वागत सामुदायि प्रहरी सेवा केन्द्रका सदस्य चिरञ्जीव रिजाल र कार्यक्रमको उदेश्य माथि प्रकाश प्रहरी निरिक्षक रमेश विष्टले गर्नु भएको थियो।
सो अबसमा प्रहरी निरिक्षक विष्टले सहभागीहरुलाई घरेलुहिसा केहो, हिसामा संलग्न व्यक्तिलाई के कारवाही हुन्छ लगालगाएतका बारेमा जनचेतनामुलक भिडियो र तस्वीर मार्फत जानकारी दिनु गराउनु भयो।
त्यस अबसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र ७का विभिन्न महिला समुहमा आबद्द महिला तथा पुरुष ,राजनितिक दल, शिक्षक लगाएतकाको उल्लेखनीय सहभागीता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्