दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेसभा को दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा सुरुक्षा चुनौति पनि थपिदै गएको छ ।विभिन्न स्थानमा सभा तथा चुनाव प्रचारप्रसार कार्यक्रमलाइ लक्षित गरि विभिन्न स्थानमा बम विस्फोट तथा अन्य घटनाहरु भइरहेको छ । बिस्फोटको घटनामा परि कयौ सर्वसाधारणहरु घाइते समेत भइरहेका छन । यसले गर्दा आसन्न निर्वाचन माथि सुरक्षा चुनौति थपिदै थएको छ । निर्वाचन आयोग र गृहमन्त्रालयले सम्पुर्ण मतदाताहरु लाइ भयरहित तवर ले मतदान गर्न आह्वान गरेता पनि यस्ता घटनाले गर्दा मतदाताहरु ढुक्क संग मतदान गर्न सक्ने अवस्थामा चुनौति आएको छ । चुनौति संगै सर्वसाधणमा समेत त्रास समेत फैलिएको छ ।

विभिन्न ठाउमा भएरहेका आमसभास्थल लाई लक्षित गरि विभिन्न पार्टीका कार्यक्रताले बम विस्फोट गराइ रहेका छन । बम विस्फोट हुने घटना बढिरहे पनि प्रहरी तथा सरकार ले केहि गर्न सकेको छैन । चुनावि सभा भइरहेका स्थान नजिकै धेरै बम विस्फोट हुने गरेका छन । हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले ललितपुरको लगन खेल स्थित भइरहेको आम सभालाईस्थलमा बम विस्फोट भएको छ । उता दाङ जिल्लामा पनि प्रधानमन्त्री शेरबहादुर देउवा ले सम्बोधन गरिहेको आमसभा लाई लक्षित गरि बम बिस्फोट भएको छ ।

बम बिस्फोट हुदा ७ जना घाइते समेत भएको प्रहरी ले जनाएको छ । यस्तै दोसा्रे चरण को निर्वाचनमा झन सुरक्ष चुनौति देखिएको छ ।धेरै निर्वाचन क्षेत्र ,ठुला नेताहरु बिच को टक्कर चुनावि विरोधि समूह को सक्रियता तथा भारत संगको खुल्ला सिमानाका कारण सुरक्षा चुनौति थपिएको हो ।दोसा्रे चरणको निर्वाचन लाई गृहमन्त्रालयले थप चुनौति पुर्ण को रुपमा आंकलन गरेको छ । पहिलो चरणको चुनाव भन्दा दोसो्र चरणको चुनाव मा सुरक्षा रणनीति फरक हुने गृहमन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्