ट्र्याक्टरले किच्दा वनभोज खाएर फर्किएका एक जनाको ज्यान गयो

काठमाडौं । रौतहटको गुजरा नगरपालिका(३ पशुपतिटोलमा ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको चक्काले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटकै गुजरा नगरपालिका(४ का ३२ वर्षीय जगत चौधरी रहेका छन्। सप्तरीको कंकालीमाई मन्दिरबाट वनभोज खाएर फर्किएकाहरु चढेको ना ६ त ५८४२ नम्बरको ट्याक्टरले किच्दा उनको मृत्यु भएको हो।

दुर्घटनापश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्