सिन्धुलीमा जंगलीहात्तीले स्थानीय आतंकित

काठमाडौं । सिन्धुली जिल्लाको रानीबास क्षेत्रमा जंगलीहात्ती नियन्त्रण गर्न नसक्दा स्थानीय किसानको अन्नबाली नोक्सान हुनेक्रम रोकिएको छैन ।

एक महिनाअघि सो क्षेत्रबाट जंगलीहात्तीको झुन्डलाई सरकारी र स्थानीयको संयुक्त प्रयासले धपाइएको थियो । तर, फेरि हात्ती आएपछि स्थानीय आतंकित बनेका छन् ।

सिन्धुलीको कमलाखोंचस्थित रानीबास क्षेत्रका स्थानीयले जंगलीहात्तीबाट धनजन जोगाउन सामूहिक गस्तीसमेत गर्न थालेका छन् ।

कमलाखोंच क्षेत्रको चुरे पहाड जंगलमा बासस्थान बनाएर बस्ने जंगलीहात्तीले खेतबारीमा लगाइएको धान, मकैजस्ता अन्नबाली र केरा, मेवाजस्ता फल खाने र नोक्सान गर्दै आएका छन् ।

कमलाखोंच क्षेत्रको रानीबास इलाका पानी भएको समथर तथा साल र सिसौयुक्त जंगल भएकाले जंगलीहात्तीले आफ्नो चरण र बासस्थान बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्