चन्द्रा गिरिमा स्रष्टाहरुको समृद्धिको स्वर
काठमाडौं । औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ चन्द्रा गिरि घोषणा पत्रजारी गर्दै आज समापन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्वगर्दै आउनु भएका स्रष्टाहरुले कवितामार्फत समृद्धिका स्वर उचाल्नु भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दश हरफको सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन समेत गरेको थिए । चन्द्रागिरि पर्वतको पौेराणिक कालदेखिकै इतिहास भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्य चन्द्रप्रसाद ढकालले धार्माीक, राजनीतिक एवम् ऐतिहासिक महत्वबोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यवद्धता जनाउँदै चन्द्रागिरिमा यस्तोे महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
नेपालमा औषधिय गुण बोकेका अपार जडिबुटी र असंख्य जैविक विविधता विद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गरे । असार २९– ३१ सम्मजारी त्रिदिवसीय कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्