धादिङ्गमा उत्साहपूर्ण मतदान

धादिङ्ग । पहिलो चरण अन्तर्गतको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतदान समग्रमा शान्तिपूर्ण रहेको जनाएको छ । धादिङ्ग जिल्लाको निलकण्ठ – ११ संखादेवि मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भएको छ । जम्मा मतदाता संख्या १३३२ मतदाता भएकोमा ७६५ मत खसेको छ । क र ख बुथमा गरि जम्मा सो मत खसेको हो । त्यस्तै मञ्जुश्री मतदान केन्द्र सिम्लेमा १७०७ मतदाता रहेकोमा १०१५ खसेको मतदान अधिकृतहरु लिला बहादुर थापा र फुर्वु ग्याल्पो शेर्पाले जागरण न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्