गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको काफल खाने रहरै रई गीतले चर्चा बटुल्दै
काठमाडौं । सुमधुर स्वरकी धनी गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको गीतले यति बेला निकै नै चर्चा बटुलिरहेको छ । आफ्नो सुमधुर स्वर मार्फत लाखौं दर्शक श्रोताहरूको मन जित्न सफल गायिका गौरी भट्टको अभिनयमा पहिलो गीत काफल खाने रहरै रई’ सार्वजनिक भए संगै उत्त गीतले यति बेला बजार तताएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका ४ का पदम दमार्इको पहिलो डेउडा प्रस्तुती काफल खाने रहरै रर्इ गीत गायिका भट्टको व्यक्तिगत युट्युब च्यानल मार्फत मंगलबार सार्वजनिक भएको हो ।
यस गीतमा गायिका गौरी भट्ट र अशोक नेपालीको स्वरमा रहेको छ भने यो गीतको म्युजिक भिडियोमा गायिका भट्ट र उनका जीवनसाथि हेम भट्टको अभिनय रहेको छ ।
लय, शब्द पदम नेपालीको हो भने, गीतमा बिनोद बजुरालीले संगीत भरेका छन् ।
काफल पाक्ने वेलामा परदेशबाट श्रीमान घर आउन नपाएको गुनासो पोखिएको सो गीतमा महेस महराले छायाकंन गरेका छन । विरेन्द्र भट्ट विपिनु ले म्युजिक भिडियो निर्देशन गरेका छन ।
करिव ७ दर्जन देउडा गीतहरूमा भट्टले स्वर दिइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्