स्वास्थ्यकर्मी नहुँदा अस्पतालको शौचालयमा जन्मियो शिशु

काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएकी छिन ।

साहलाई प्रसव व्यथाले च्यापेपछि उनको मामाको छोरा दाजु रञ्जित कुमार साहले प्रसूति गराउन स्वास्थ्य चौकी लगेका थिए । तर स्वास्थ्यकर्मी भेटिएनन् । रञ्जित कुमारले भने, ‘ स्वास्थ्य संस्थामा कार्यालय सहयोगी मात्र थिए । म त के गर्नुरनगर्नु भएँ । बहिनीलाई पीडा झन् कठिन भएको थियो, शौचालय पसेकी थिइन्, त्यहीँ बच्चा जन्माइन् ।’ आजको अन्नपूर्ण पोष्टले लेखेको छ ।

प्रसूति विभाग प्रमुख कञ्चन सिंहले यसबारे आफूलाई ढिलो मात्र जानकारी प्राप्त भएको सुनाइन् । स्थानीय स्वास्थ्य चौकीमा चार जनाको दरबन्दी छ भने नगरपालिकाले सात जना थप व्यवस्था गरेको छ । तर उनीहरु स्वास्थ्य संस्थामा नबस्दा गर्भवतीले शौचालयमा बच्चा जन्माउन बाध्य हुनुपरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्