त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ । त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो ।
प्रा.अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो । विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै सम्पत्ति खोजी भएको थिएन । ‘जमिनको विवरण तयार गरेका हाँै’ –त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले भन्नुभयो ।
समितिलाई त्रिविको अन्य भौतिक सम्पत्ति खोज्ने अधिकार भए पनि हाललाई जग्गाको मात्र विवरण खोजिएको उक्त समितिका सदस्य सचिव निलमप्रसाद पोखरेलले बताउनुभयो । २०७३ सालमा गठित सो समितिले २०७४ सालको अन्त्यमा प्रतिवेदन बुझाएको थियो । प्राडा खनियाले प्रतिवेदनमा भएको सुझाव कार्यान्वयन गर्दै जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्