१६ दिनदेखि अनशनरत डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाइने तयारी
काठमाडौं । आमरण अनशनरत डा.गोविन्द केसीसँग अनौपचारिक सम्वाद भइरहेको सत्तारुढ दलका एक नेताले बताएका छन् । अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी छ ।
सरकार र डा. केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अभिषेकराज सिंह लगायतसँग अनौपचारिक सम्वाद गरेका हुन् ।
श्रेष्ठले जुम्लामा आईसीयू नरहेको भन्दै डा। केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने बताएका छन् ।
तर,डा. केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् । स्रोतका अनुसार सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा। केसीलाई काठमाडौं आउन आहृवान गर्ने सम्भावना छ ।
जुम्लामा १६ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।
डा। केसीको स्वास्थ्य गम्भीर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याएर उपचार गर्ने सरकारको तयारी छ । तर, वार्ताको वातावरण बनाउन सके सहजै काठमाडौं ल्याउन सकिने भएकाले पहल थालेको नेकपाका एक नेताले बताए ।
नेकपाका नेता र डा। केसीका समर्थकहरुबीच अनौपचारिक सम्वाद भएपनि मुख्य मुद्दामा सहमति जुटेको छैन ।
छलफलहरुमा नेकपाका प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा अध्यादेशको हुबहु हुनै नसक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्