प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमणको पूरा गरि स्वदेश फर्केका छन् ।

प्रधानसेनापति क्षत्री भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले स्वागत गरेको थिए ।

 

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले असार २० गतेदेखि २३ गतेसम्म म्यानमारका सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरेको थिए । भने असार २४ गतेदेखि २९ गतेसम्म चिनिया रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग समेत भेटवार्ता गरेको थिए ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्