प्रधानमन्त्रीलाई मार्सी चामल दिंदै केसी समर्थकले भने, “यो सरकार बहिरो र अन्धो दुबै छ”

काठमाडौं । चिकित्सा क्षेत्रको सुधार र विकासका लागि १२ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारलाई चौतर्फि रुपमा दवाव आउन थालेको छ ।

नागरिक समाजले सरकारद्वारा निषेधीत क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा प्रत्येक दिन बिहान १०–११ बजेसम्म विरोध जुलुस तथा सभा गर्दै आएको छ, भने डा. केसी समर्थकहरुले बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिंदै व्यानर सहित विरोध जुलुस निकालेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटार बाहिर प्रदर्शन मार्सी चामलसहित प्रदर्शन गरेका उनीहरुले बालुवाटारभित्र प्रधानमन्त्रीका लागि एक किलो चामल दिएका थिए ।

तर प्रधानमन्त्रीका प्रतिनिधिले चामल लिन नमानेको कुरा एक समर्थकले बताए ।
सोलिडारिटी फर डा. केसी बचाउ अभियान एलायन्सले गरेको प्रदर्शनमा डा. केसीका समर्थकले जुम्लामा फलेको मार्सी चामलको खाने तर जुम्लामा एमबीबीएस पढ्न कहिले पाउने भनी प्रश्न पनि उठाएका थिए ।

प्रधानमन्त्रीले व्यापारीकोमा मार्सी चामलको भात खाएकाले व्यापारीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन लागेको भन्दै जनताले दिएको मार्सी चामलको भात खाएर जनतामुखी ऐन ल्याउन विरोधमा बोल्ने वक्ताहरुले आग्रह गरे ।
डा. केसी समर्थकहरुले टिचिङ्ग अस्पतालका एनआरडिएले शुक्रबारदेखि माइतिघर मण्डलामा विरोध जुलुस सहित सभा गर्ने जनाएको छ ।
विरोध स्थलमै वहिरंग सेवा दिने हुनाले विरामीलाई उपस्तिथि जनाउँदै उपचार सेवा लिन पनि आग्रह गरेका छन् ।

विरोध कार्यक्रममा प्रधानमन्त्री ज्यूलाई १ किला मार्सी चामल र माफिया मुखि ऐन चाहिंदैन भन्न प्ले कार्ड सहित विरोध जुलुस निकालिएको थियो । विरोध कार्यक्रममा डा. केसी बचाउ अभियान एलायन्सका वक्ताहरुले सरकार अन्धो र कानो दुवै भएकाले कसैको कुरो सुन्ने र देख्न क्षमता नभएको आरोप लगाए ।

 

 

प्रतिक्रिया दिनुहोस्