सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्छः महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा बाढीको फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने बताए ।

भक्तपुरका जनताहरु बाढीको पीडामा पिल्छीरहेका बेला कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका बताउँदै उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्