राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई प्रदान
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरिएको छ ।
यसरी पुरस्कृत हुने स्रष्टाहरुमा संस्कृति विधामा प्रा.डा. रञ्जना बज्राचार्य (काठमाडौँ), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडौँ), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौँ) र भाषा तथा साहित्य विधामा प्रा.डा. केशवप्रसाद उपाध्याय हुन् ।
पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।
यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई दिईएको छ ।
यसरी पुरस्कृत हुनेहरुमा कविता विधामा कञ्चन पुडासैनी (काठमाडौँ), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय (जलेश्वर) र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) रहेका छन् । सो पुरस्कारको राशि पाि रु एक लाखसहित सम्मानपत्र रहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा.डा. मोहनहिमांशु थापा (काठमाडा) लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।
त्यस्तै कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा (काठमाडौ) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन (काठमाडौ) लाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पनि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।
यसैगरी कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई पनि सम्मानित गरिएको छ ।
यो पुरस्कार पाउनेहरुमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्रा.डा. गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा.पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा. दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन (रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) छन् ।
यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड छन् ।
त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडा), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) रहेका छन् ।
यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल (सुनसरी) , प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल (गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) छन्
उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्