कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको बिकास हुँदैनः प्रम देउवा

काठमाडौं । नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन् ।

कर्णाली हरेक क्षेत्रमा पछि परे पनि काँग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताउएका छन् ।
प्रधानमन्त्री देउवाले काँग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेस लागिपरेको बताए ।

कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका थिए । प्रधानमन्त्री देउवाको आजै जुम्ला जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्