चिकित्सक संघको चेतावनी : डा.केसीका माग पूरा नगरे देशभर स्वास्थ्य सेवा ठप्प पार्ने

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीका स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी दिएको छ ।

संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत ३ दिन यता हातमा कालो पटट्ी बाँधेर विरोध प्रर्दशन गर्दै आएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक काक्टर गोविन्द केसीका स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने सरकारलाई चेतावनी दिए ।

उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरिएको पनि जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्