मदन पुरस्कार २०७४ का लागि आठवटा पुस्तक छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि विभिन्न आठवटा पुस्तकलाई ‘श्रेष्ठ पुस्तक २०७४’ घोषणा गरेको छ । २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको हो ।

गुठीले घोषणा गरेका श्रेष्ठ आठ पुस्तकहरुमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रर्वसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका छन् ।

यी नै आठवटा पुस्तकमध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्