बेमौसममा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाएको यो गठबन्धन एउटा पार्टी भइसकेको भन्दै पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताए । कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेको भन्दै प्रधानमन्त्री ओलीले बेमौसममा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्ने बताए ।

उनले शान्ती प्रक्रियाका केही अवशेषहरू पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक, गोविन्द केसी, उपकुलपति जस्ता विषयमा सांसदहरूलाई अडानका साथ कुरा राख्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले हामीले नराम्रो केही गरेको छैन भन्दै दृढताका साथ कुरा राख्नु सांसदहरुलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, “अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामीचाँही ओइलाउने हुन्छ ?” प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिएका थिए।् विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँच वटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधामन्त्री ओलीले भने, “कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौँ अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं” प्रधानमन्त्री ओलीले भने ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । उनले सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउने भन्दै यसमा केहि अनौठो नमान्न प्रतिपक्षीलाई आग्रह गरे ।

नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौँ विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरूलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । संस्कृत विश्व विश्व विद्यालयका उपकुलपतिले स्वीकृति नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले बताए ।

संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्