“ऐश्वर्य” सँग “मेरो पैसा खोइ”को भिड्दै

काठमाडौं । कात्तिक २ गतेबाट सोलो रिलिजको मौका छोप्दै एक साता पछाडि सरेको फिल्म “ऐश्वर्य” सँग भिड्न अर्को नयाँ फिल्म तयार भएको छ । कात्तिक ९ गते निर्माता तथा निर्देशक रोज राणा निर्देशित फिल्म “मेरो पैसा खोइ” प्रदर्शनमा आउने भएको छ । स्रोतका अनुसार, छठपर्वलाई लक्षित गर्दै “मेरो पैसा खोइ”ले कात्तिक ९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो ।

“मेरो पैसा खोइ”लाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । यसअघि यो फिल्म बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने खबर थियो तर आफूले निर्देशन गरेको फूटेज सबै डिलिट गरेर भारत भागेपछि फिल्म निर्देशनको जिम्मेवारी रोजले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्